बृहत्तर विद्यालय सुरक्षा सन्दर्भ सामग्रीः
~~~~~~~~~~~~~~~~~~~~~~~~
विद्यालय साना बालबालिकाका लागि दोस्रो घर हो । यद्यपि, जबसम्म बालबालिकाले भयरहित वातावरणमा शिक्षा प्राप्त गर्न पाउने आफ्नो अधिकारको उपभोग गर्न पाउँदैनन् तबसम्म विद्यालयले दोस्रो घरको भूमिका निर्वाह गर्न सक्दैन । प्राकृतिक कारणबाट हुने प्रकोपद्वारा उत्पन्न विपद् होस् वा मानवीय कारणबाट हुने घटनाबाट, विपद्को सर्वाधिक जोखिममा बालबालिका नै रहेका हुन्छन् । अझ अल्पविकसित मुलुकहरूमा सुरक्षित विद्यालय तथा गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्ने कार्य नै चुनौतीपूर्ण रहेको छ । यस समस्याबाट नेपाल पनि अलग रहेको छैन । यही दृष्किोणका आधारमा विद्यालय सुरक्षित र न्यूनतम सुविधायुक्त हुनुपर्ने यथार्थलाई दृष्टिगत गरी बृहत्तर विद्यालय सुरक्षा ढाँचाको विश्वव्यापी अवधारणाअनुरुप यो सन्दर्भ सामग्री तयार गरिएको छ ।
थप .....