मानवअधिकारको संरक्षण र सम्वद्ध्र्रनका लागि सन् १९९१ मा स्थापित ओरेक नेपाल एक मानवअधिकारवादी राष्ट्रिय गैरसरकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै सामाजिक न्याय, शान्ति, लोकतन्त्र र सवैप्रकारका हिंसा र भेदभावपूर्ण व्ययवहारकोे अन्त्यका लागि र खासगरी महिलाविरुद्धको हिंसाको अन्त्य गरी महिलाहरूको अधिकार स्थापनालाई निरन्तररूपमा अगाडि सार्दै आएको छ । सीमान्तकृत वर्ग र आवाजविहीनहरूको हकअधिकारको लागि यस संस्थाले समुदायदेखि नीति निर्माण तहसम्म एउटा साघँुको रूपमा क्षेत्र निर्माण गर्दै आइरहेको छ । ओरेक नेपालले सामाजिक न्यायमा आधारित समतामूलक समाजको स्थापना बिनाको शान्ति दिगो हुन सक्दैन भन्ने मान्यता राख्दछ । महिलामाथि हुने हिंसाको अन्त्यबिनाको कथित शान्ति पनि दिगो हुन सक्दैन । ओरेक नेपालले दिगो शान्तिको लागि पहल गरिरहेको छ ।