दिगो विकास लक्ष्यले महिला तथा बालबालिकाको अधिकार प्राप्तिका लागि लैङ्गिक समानता र सशक्तीकरणमा विशेष जोड दिएको छ । यसका लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् । तिनले दिगो विकासका तीन आयाम– आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गर्न पहल गर्दछन् । लैङ्गिक समानता आफैंमा दिगो विकास लक्ष्यमध्येको एक लक्ष्य हो । तर यसको साथसाथै लैङ्गिक समानता गरीबी घटाउन, दिगो विकास लक्ष्य पूरा गर्न र विश्वमा सुशासन कायम गर्नको लागि एक पूर्व शर्त पनि हो । लैंगिक समानताको सुनिश्चितता नहुन्जेलसम्म यी कुनै पनि चुनौतीहरूको सामना गर्न सकिँदैन । त्यसैले लैङ्गिक समानताको मूलप्रवाहीकरणका लागि इच्छाशक्ति, सम्वेदनशीलता र सीप, स्रोत र साधनहरूको आवश्यकता अनुसारको परिचालन तथा व्यवस्था गर्न‘ आवश्यक हुन्छ ।
Languate: Nepali