संवैधानिक, कानुनी, राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक संस्था र संगठनहरू कसैको नियन्त्रणमा छैनन्। मुलुकमा कुनै सन्तुलनकारी शक्ति छैन। बाह्य शक्तिहरूका परस्परविरोधी स्वार्थको प्रकट र प्रच्छन्न अभिव्यक्ति र क्रियाकलापविरुद्ध उनीहरूलाई संयमित रहने र सचेत गराउने संस्थाको अभावमा मुलुकको एकता र अखण्डतामाथि मुलुकभित्र र बाहिरबाट पनि प्रश्नैप्रश्नको ओइरो लागेको छ।